Saturday, 25 April 2020

Covid –19 Challenge of Science and Technology

       कोभीड –१९,  विज्ञान प्रविधिलाई चुनौति 

सारै फुर्सदिलो भइयो ! लक डाउनमा परेको पनि एकहप्ता भइसकेको छ । के गराँै के गरौँ भयो । एक दुई दिन सम्म त घरकै काममा व्यस्त भइयो । कोरोना संक्रमण बढ ् दै गएपछि समाचार तिर ध्यान गयो । अनलाइन समा चार पनि पढियो र पढि दै छ । केहि लेख र चना पनि पढियो । कति त शीर्षक मात्र पढेर छोडियो । सामाजिक सञ्जालमा पनि नयाँ नयाँ अपडेटेट समाचारहरू आईरहेका छन ् । त्यो पनि छुटाउने कुरो भएन । हे र्दै जादा २÷४ दिन पछाडी त सामाजिक सञ्जालमा धेरै कविता, लेख, ग ी त, गजल र पेट मिचिमिचि हाँस्ने खालका जनचेतना मूलक जोक पनि आउन थाले । यसले मेरो पनि दिमाग तताउन थाल्यो । कविता पो लेख्नु पर ् यो भनेर विचार गरे । दुई चार लाइन लेखे तर आफै लार्इ मन परेन । गीत पो गाउ क ी भन्ने लाग्यो । त्यो पनि चित्त बुझेन । सधै व्यस्त रहने अभ्यस्त भएको जीव न शैलीमा त्यतिकै वस्न पनि गाहृो हुदो रहेछ । केही लेखँु कि जस्तो लाग्यो । फेरी त्यति लेख्ने अभ्यास पनि छैन, स्त र ी य पो नहुने हो कि, आफ ् ना गुरुवर्ग ले , विद्यार्थी , साथ ी भाइले पढेर के भन्नुहोला जस्तो लाग्यो । आफूलाई भित्रभित्रै लाज लाग्यो । आ.......जस्तोसुकै होस ् लेख्न चाहिँ मनमा लागेको लेख्नै पर ् यो भन्ने सोचले जित्यो । स्तरीय भएन भने े पनि म आफ्नो ल्यापटमा नै सिमित राखुला भन्ने लाग्दै आफ्नो भावना ल्यापटप मार्फत पोख्दै गर्दा एकजना साथीको लामो स्टाटस फेसबुकमा देख ँ े अनि पढ ँ े । त्यसमा लेखिएका कमेन्ट पढे । सकरात्मक कमेन्टले म लाई उर्जा मिल्यो र यो फुर्सदको समयलाई सदुपयोग गर्ने विचार गरेर सबै समक्ष ल्याउने जमर्को गरेकी छु । तपार्इ ँ लाई पनि त्यतिकै वसीरहन अल्छी लागेको होला । यो म ेरो पहिलो अनुभव पढि दिएर मार्गदर्शन गर्दिनु हुन्छ की !

धेरै प्रयोगमा आएको सबैलाई भाइरल बनाउन सहयोग गर्ने सामाजिक सञ्जालबाटनै मलाई पनि सुरु गर्न मनलाग्यो । समयमा मानिसहरु आफ्ना विचार भावना साटासाट गर्ने थलो सामाजिक सञ्जाल भएको छ । आफ्नो भावना सहि हुन वा गलत आफूले सम्प्रेषण गरेका सूचना के हो ? यसको दुरगामी असर के हुन्छ भनेर राम्रो नाम चलेका सञ्चारमाध्यमहरूले पनि ख्याल गरेको पाउदिन । कोरोना  भाइरसको प्रसङ्गलाई लिएर सञ्चार माध्यमहरूले  गलत सूचनाहरू प्रसारण गरेको हाम्रो सामु ताजै छ । यसले गर्दा सहि सूचना पाउने हाम्रो मौलिक हकको हनन् भएको महशुस भएको छ । यसको कारण, आइ.टी. पोलेसी र साइवर आचारसंहिताको प्रभावकारी कार्यान्वयन नहुनु हो । अहिले  अनलाइन यूजरहरुको मक्सत आफूले गरेको पोष्टलाई  जसरी पनि भाइरल बनाउनेमा केन्द्रित भएको देखिन्छ । तर यो समय भनेको भाइरस बाट बच्ने हो,भाइरल बनाउने होइन ।

         अहिले हामी लकडाउनमा रहेको अवस्था छ । एकछिन सोचौ त.......!  आजकै यहि अवस्थामा हामीसँग स्र्माट फोन हातमा र इन्टरनेटको  सुविधा साथमा नहूदो हो र यसरी नै लकडाउनमा वस्नु परेको भए ?हामीलाई कति कठीन र उकुस, मुकुुस हुनेथियो होला । धन्य छ कोरोना तिमीलाई पनि । प्रविधिको उच्चतम प्रयोग भएकै वेला तिम्रो अगमन भयो । हामीलाई अलिकति भएपनि सहज छ र सरकारको लकडाउनको आज्ञा पालना भइरहेको छ । तिमी भने फैलिरहेका छौ र तिमीलाइ पनि संसारले चिनेको छ । कोरोना भाइरस तिमिलाई भाइरल बनाउन पनि यहि प्रविधिले सहयोग गर्यो । घरै भीत्र बसे पनि  हामि सञ्चार सम्पर्क विहिन हुनु परेको छैन । हामीले चाहे अनुुसार आफ्ना आफन्तासँग फोनमा कुरा गर्न पाएका छौ । भिडियो कल गर्न पाएका छौ  तिमि आउनु भन्दा अगाढी हामीसँग काहाँ यति धेरै फुर्सद थियो र ? मोवाइल फोनमा लिएको भ्वाइस प्याक पनि त्यतिकै कति पटक खेर गएको थियो । घर परिवार सगै बसेर खाना खान नपाएको पनि कत्ति भइसकेको थियो । अझ भन्नु पर्दा त  परिवारका सदस्यलाई भन्नु पर्ने अति आवस्यक कुरा पनि भन्न नपाएर त्यसको गलत परीणाम भोग्नु परेको पनि थियो । यति अवसर दिइयौ तथापी तिम्रो आगमनलाई वहिस्कार गर्नुपरेको छ । तिमीलाई सधैको लागि विदा गर्न हतार गदैँ छौँ । किनकी तिम्रा धेरै डरलाग्दा रुप देखिदैछ ।

           अहिले आफू जस्तो परिस्थितिमा भएपनि......तपाँइलाई कस्तो छ ? लक डाउनमा नै हो नी ? भन्न  पाएका छौ । हाम्रो व्यस्त समयको कारणले गर्दा आफ्ना भावनाहरू साटासाट गर्ने मौका मज्जले पाएका छाँै । घण्टौ सम्म भिडीयो कल गरेर बोल्न पाएका छाँै । यो अवसर हामीलाई कसले दियो त ?  आफ्ना लेख रचना, कविता पढ्न, पोष्टगर्न, कमेन्ट गर्न पाएका छौ । यहि मौकाले हामी मध्ये कसैलाई कवि, कसैलाई गायक, कसैलाई लेखक बनाउदै छ । सायद अलिकति समय पाएर नै होला मैले पनि आफ्नो भावना सबै सामू व्यक्त गर्न प्रयासमा छु  ।
विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई हामीले स्वीकारेकै हो । मानिस भैगोलिक रुपमा जति टाढाभएपनि संसारका जुनसुकै कुनामा रहेका मानिसको आवस्था के छ भनेर क्षण भरमा पत्ता लगाउन सकिएकै हो । माउसको एक क्लिक बाट संसारलाई नजिक ल्याएको कुरा सत्य हो । मानिसले विकास गरेको प्रविधिले के गरेको छैन ? विकसित मुलकले के गर्न चाहि बाँकी छ ? चन्द्रमामा पुगे, संसारलाई क्षण भरमा ध्वस्त पार्ने एटम बम बनाए, रोवट बनाए, गर्भको कुरा पत्ता लगाउने भए, जेण्डर परिवर्तन बाट इच्छा अनुसार म २ ÷४ वर्ष छोरो,  अनि फेरी २÷४ वर्ष छोरी भएर जिउनु पर्यो भन्ने इच्छा पनि पूरा गर्न सक्ने भएकै हो । प्राकृतिक सत्य कुराहरू लगभग हराई सकेको थिए । विश्वका अति विकसित मूलकहरूले विकासभन्दा पर के हुन्छ भनेर खोज्न थालीसकेका थिए । संसारमा बाँकी कामै अब के छ होला जस्तो भइसकेकै थियो । विकासको सिमा नाघिसकेका मुलुकले संसारमाथि विजय प्राप्त गरीसकेका छौँ भन्ने ठानीसकेका थिए ।सायद तेही भएर होला यो भाइरसको भयाबह स्थितिमा पनि न्यूयोर्कमा हत्तपत्त लकडाउननै भएको छैन । यो कोरोना भाइरसले तिनिहरूको आँखा खोलिदिएको हुनुपर्छ र सँगै यो पाठ पनि सिकाएको हुनुपर्छ की पैसा र अहंकार भन्दा ठूलो अरु कुनै वस्तु पनि यो पृथ्वीमा हुने रहेछ ।  जुन प्रकृतिले आफै सृजना गर्दाे रहेछ । मै हूँ भन्ने देशहरू पनि आज हामीलाई तपाईँको पनि साथ र सहयोग चाहिन्छ भन्न थाले । संसारका सर्बशक्तिमान मुलुक गली सके । संसार एउटा हत्केलामा अटाउछु भन्ने विज्ञान र प्रविधि आज विश्व आतंकित हँुदा पनि मौन छ । ंं तपाँइलाई पनि त लाग्दो होला नी संसारका महान वैज्ञानिक के हेरेर वसेका छन् यो बेला ? गर्न त केहि गर्दै होलान तर यति ठुलो संख्यामा मान्छेको विनास हुदा उनीहरूको सोच कता पुगेको छ ? कोभिड— १९  सँग प्रतिस्पर्धा गर्ने क्षमता खै राखेको त ? चीनको उहान बाट डिसेम्वर २९ का दिन जन्मिएको  कोभिड—१९ को न्वारान  गर्न मात्र भ्याए । यो यति छिटो जवान भएछ की यसले आफ्नो परिचय दिदै  इरान,इटाली, दक्षिण कोरिया, हुदै लगभग यसले संसारका सबै मुलुक भ्रमण गरिसकेको अवस्था छ ।  यसले आफ्नो क्षमता देखाई सकेको छ । विश्वका वैज्ञानिकहरूले यो भाइरसका बारेमा धेरै कुरा पत्ता लगाउन सकेका  छैनन् । यत्रो ठुला ठुला आविस्कारक, वैज्ञानिक, अनुसन्धाता भएको  विश्वमा सबै लाग्दा पनि एउटा नाथे कोरोना भाइरस को भ्याक्सिन पत्ता लागेको छैन । मलाई त लाग्थ्यो यो चीनमा नै समाधान भैहाल्छ नी । तर किन ढिलो भैराखेको छ ? एउटा भाइरसले विश्वलाई कति तहस नहस पार्दो रहेछ । यति धेरै विश्वका वैज्ञानिकहरू के हेरेर वसेका छन् भन्नु जस्तो।
       सारा मानिसलाई अचम्म लाग्ने यो कोरोनाको नाटक सुन्दा । कसैको ज्यानै लिने, कसैकोमा चाहि देखा मात्र पर्ने, कसैलाई थाहा नै नहुने जस्ता  समाचार पनि सुनिन्छन् । कसैलाई लक्षण नै थाहा नपाई निको हुने सुन्दा त यो केही होइन यस्तो नाथे भाइरस जस्तो लाग्छ । फेरी इटाली, स्पेन, अमेरिकाको भयाबह स्थिति समाचार मार्फत सुन्दा आफैलाईृ अत्यास लाग्छ । खै के बुझ्ने ? यो भाइरस त्यति जटिल प्रकृतिको त होइन रहेछ तर पनि यसको समाधानमा किन पुग्न सकिएन ? समाचार सुन्दै छौँ वेलायतका राजकुमार जस्तालाई पनि यसले छोडेन । संसारकै मँै हु भन्ने देशले पनि आज आएर उनिहरूलाई कोरोनाले आफ्नो सतहमा ल्याइदिएको छ । औषधी पत्ता लाग्दै छ भन्ने सुनेको पनि निकै भयो तर खोइ त ?

       यो भाइरसले सबै देशलाई आर्थिक, सामाजिक, सास्कृत, राजनैतिक सबै पक्षमा नकरात्क प्रभाव परेको सँगै नेपाल पनि यस्तो नकरात्मक प्रभाव बाट अछुतो हुन सक्ने कुरै भएन । यो कोरोनाले के गरेन र अतिथि देवो भव  भन्ने हाम्रो सस्कार आज रातारात तपाँई हाम्रो घरमा पनि नआउनु म तपाँइको घरमा पनि आउदिन भन्ने अवस्था आएको छ । मर्दा र बाच्दाका हाम्रा सस्कारहरू पनि सबै तहस नहस भैसकेका छन् । यो कसैको रहर होइन । यो सबैको बाध्यता हो । कतै हाम्रो जीवन शैलीमा नै आमूल परिवर्तन त हुनेहैन? हामी अव कति दिन लक डाउमा वस्नुपर्ने हो ? यसको भ्याक्सिन बन्ला नबन्ला ? हामी मध्ये कतिलाई कोरोनाले लैजाने हो ? कति रहुला कति नरहुला त्यो भविस्यले बताउला । सामाजिक सञ्जालमा एउटा स्टाटस भेटेको थिए त्यहाँ भनिएको थियो । यदि तपाँई घरमै वस्नुभयो भने २०७८ सालको जनगणनामा पर्नु हुन्छ वस्नु भएन भने पर्नुहुन्न । मलाई विश्वास छ कि म त्यो जनगणनामा पक्कै पर्दछु । किन कि म घर भीत्र नै बसीरहेकी छु । कारण, भोलि मलाई हजुरहरूसँग भेटेर कोरोना माथिको विजयको बारेमा लामो भलाकुसारी गर्नु छ । म तपाँइलाई पनि यहि अनुरोध गर्दछु ।
                                                         
                                       धर्मकुमारी कालाखेती (भण्डारी)                                                                                                  सन्दरहरैँचा —१२, मोरङ, नेपा